मोरङ, भाद्र ३ ।
धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना भाइरस संक्रमित एक महिलाको मृत्यु भएको छ।
प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार बुधबार बिहान धरान उपमहानगरपालिका–१५ की ७१ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो।
धरान १७ स्थित एन्फा एकेडेमीको क्वारेन्टिनमा साउन २३ गते महिलाको स्वाबको नमूना संकलन गर्दा कोरोना पोजेटिभ रिपोर्ट आएको उनले बताए।
दम र मुटको समेत उपचार गराँउदै आएकी ती बृद्धालाई एन्फा क्वारेन्टिनबाट साउन २४ गते नै ज्वरोसँगै खोकी र श्वासप्रश्वासमा समस्याका देखिएपछि वीपी प्रतिष्ठान कोभिड अस्पतालमा भर्ना गरिएको थियो।
बृद्धाको उपचारकै क्रममा बुधबार विहान करिब सवा एघार बजे मृत्यु भएको प्रवक्ता डा. सापकोटाले जानकारी दिए। सापकोटाका अनुसार मृतकको शव व्यवस्थापनको कार्य भइरहेको छ।
यसअघि मंगलबार बेलुका मोरङकी एक महिलाको मृत्यु भएको थियो।
साभार देशसंचार
यो विषयमा टिप्पणी गर्नुहोस् !