काठमाडौं, भदौ १ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय ८१ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा देशभर सो संख्यामा संक्रमित थपिएका हुन्।
थपिएका संक्रमितमा १ सय ७३ महिला र ४ सय ८ पुरुष छन्।आज थपिएका यीसहित हालसम्म संक्रमित हुनेको संख्या २७ हजार २ सय ४१ पुगेको छ ।
त्यस्तै विगत २४ घण्टामा १ सय ६० जना निको भइ घर फर्किएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या १७ हजार ४ सय ९५ पुगेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ६ सय ३९ छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक सय ७ पुगेको छ । विगत २४ घण्टामा गरिएको परीक्षणमा मृतक थप ३ जनामा कोरोना पुष्टि भएको हो ।
हालसम्म ५ लाख २९ हजार ४ सय २७ जनाको पिसिआर परीक्षण भएको छ ।
यो विषयमा टिप्पणी गर्नुहोस् !