प्रियंका झा
आजभोलि लकडाउनका कारणले सवारी दुर्घटना पनि घटेको हो । दिनँहु धेरैभन्दा धेरै संख्यामा हुने सवारी दुर्घटना अचानक यति छिटो कम भएको छ । सवारी दुर्घटनामा परेर अधिकांश किशोर उमेरका युवाहरु हुन्थे । १९ देखि २२ वर्षको युवाहरुको मृत्यु बढी देखिन्थ्यो । लागुऔषधबाट पनि मृत्यु हुनेको संख्या घटेको छ ।
चोकचौराहा, पोखरीको छेउछाउमा, बसपार्क, सिनेमा घर , स्कुल, कलेजमा समेत यस्तो घटनाहरुको संख्या बढी नै हुने गर्थ्यो । चुरोट, नसाको सुई लिने काम गर्ने गर्थे । तैपनि हिजो बेलुका एकछिन बाहिर जाँदा १५ देखि २२ वर्षको युवाहरुमात्र बाटोमा देखिए । कसैको हाथमा मोबाइल कसै कसैले चुरोट, गुट्का खाई रहेका थिए भने कोही तीव्र गतिमा बाइक चलाई रहेका थिए ।
उनीहरुलाई देखेर मैले आफ्नो दिदीसंग प्रश्न गरे यिनीहरुका लागि कुनै लकडाउन छैनन् कि क्या हो ? मेरो प्रश्न सुनेर दिदीले भन्नु भयो उनीहरुलाई को समझाउन जान्छ । आज लकडाउन सुरु भएको २३ दिन भइसक्यो । यो २३ दिनमा सवारी साधनबाट मृत्यु हुनेको संख्या पूर्णरुपले घटेको छ । यस्तै चल्यो भने दुर्घटना कम हुदैँ जान्छन् । यो एउटा खुशीको खबर पनि भन्न सकिन्छ । धर्मको नाममा हुने कुरितिहरु पनि कम भएको छ ।
तर पनि बलात्कार जस्ता समाजिक दुरव्यारहरु दिनहु कुनै न कुनै रुपमा बाहिर आई नै रहेका छन् । घरबाट बाहिर निस्कन नपाउँदा पिडा त लाग्छ मलाई तर समाजमा यस्तो खालको घटना कम सुनेपछि बढी खुशी महसुश हुन्छ ।
बलत्कार, चोरीडकैती, सवारी घटनाहरु धेरै नै बढेको थियो । हाम्रो समाज कहिले यस्तो घटनाहरु बाट टाढा हुन्छ ? भन्ने अनेकौँ प्रश्न उठ्ने गर्थे तर म अनुत्तरित हुन्थे । जतिबेला नि समाचार पढ््दा वा सुन्दा आज फलानो ठाउँमा बलात्कार भयो, आज उता डकैती भयो, हत्या भयो जस्ता समाचाहरु सुुनिने गरिन्थ्यो । मन एकदमै पिरोल्थ्यो । तर आजभोलि यस्तो घटना कम भएको छ ।
लकडाउनमा बाटोहरु पनि सुनसान देखिएको छ । दुर्घटनाका घटनाहरु बढी हाइवे, नदी, बाटो क्रस गर्ने क्रममा बढी हुन्थ्यो । बाइक , पैदल यात्रीहरुमा सडक दुर्घटना बढी हुन्थ्यो । दिनँहु हुने यस्तो खाले घटना कम हुन थालेपछि खुशीको आशा जाग्छ । यसको एउटा ठुलो कारण हो कोरोना भााइरसको डरले गर्दा यो घटनाहरु नियन्त्रनमा आएको छ ।
लकडानको एक महिना हुन लागेको छ । मानिसहरु आफै सचेत भएको जस्तो पनि महशुश हुन्छ कहिलेकाही । अहिले विश्वभरको आकाशमा कोरोना भाइरस रुपी कालो बादल छाएको छ । यस रोगको अन्त्य तबसम्म हुदैन जबसम्म सहजता अपनाउँदैनन् ।
यो विषयमा टिप्पणी गर्नुहोस् !