जनकपुरधाम, जेठ २५।
मधेशका नवनियुक्त मुख्यमन्त्री सतिश सिंहले पदभार ग्रहण गरेका छन् । मुख्यमन्त्री पदको शपथ ग्रहण गरे लगत्तै उनले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गरेकै दिन मुख्यमन्त्री सिंहले कृषि, शिक्षा, स्वास्थ्य, रोजगार, खेलकुद क्षेत्रलाई समेटेर विभिन्न ९ वटा निर्णय गरेका छन् ।
मुख्यमन्त्री सिंहले मधेशका प्रत्येक पालिकामा नमुना कृषि विकास समूह सहकारी वा कृषि साँझेदारीमा एक पालिका एक कृषि उत्कृष्टता केन्द्र तयार गर्ने निर्णय गरेका हुन् ।
मधेस प्रदेशका ८ वटै जिल्लामा खुला शैक्षिक पार्क, मधेश प्रदेशको तथ्याङकलाई भरपर्दो र विश्वासिलो बनाउन आफ्नै डिजिटल तथ्यांक बैंक स्थापना गर्ने निर्णय मुख्यमन्त्री सिंहले गरेका हुन् ।
वैदेशिक रोजगारबाट सीप सिकेर फर्केको जनशक्तिलाई परिचालन गरेर सीपलाई रोजगारसँग जोड्ने गरी योजनाहरु ल्याउने मुख्यमन्त्री सिंहले बताए ।
उनले मधेशमा भ्रष्टाचारलाई निर्मूल पार्ने प्रण गर्दै सुशासन कायम गर्नु नै आफ्नो प्रमुख लक्ष्य रह्ने बताए ।
यो विषयमा टिप्पणी गर्नुहोस् !