जनकपुरधाम, पुस १५ ।
सूर्य ज्योती लाइफ इन्सोरेन्सले लक्ष्मिनिया गाउँपालिकामा गरिब तथा विपन्नहरुलाई कम्बल वितरण गरेको छ ।
मधेशमा चिसोसंगै शितलहर बढ्दै जान थालेपछि सूर्य ज्योती लाइफ इन्सोरेन्सले लक्ष्मिनिया गाउँपालिका वडा नम्बर ७मा गरिब तथा विपन्नहरुलाई कम्बल वितरण गरेको हो । लक्ष्मिनिया गाउँपालिकाका अध्यक्ष भोगेन्द्र मिश्रको प्रमुख आतिथ्य र सूर्य ज्योती लाइफ इन्सोरेन्सका मधेश प्रदेशका प्रमुख दिपेन्द्र यादवको उपस्थितिमा १ सयभन्दा बढी विपन्न परिवारलाई कम्बल वितरण गरिएको हो ।
जीवन बिमाको क्षेत्रमा काम गर्दै आएको यस संस्थाको चुक्ता पूजी ४ सय ५४ करोड र लगानी २ हजार ८ सय करोडभन्दा बढी रहेको सूर्य ज्योती लाइफ इन्सोरेन्सका मधेश प्रदेश प्रमुख यादवले जानकारी दिए । यस संस्थाले २ हजार २ सय करोडभन्दा बढीको जीवन बिमा २ सय २७ करोडभन्दा बढीको बिमा शुल्क आर्जन गरि सकेको छ । सूर्य ज्योती लाइप्m इन्सोरेन्सले देशै भरीका १ सय ८१ शाखा कार्यलय मार्फत सेवाग्राहीहरुलाई सेवा प्रदान गर्दै आई रहेको छ ।
यो विषयमा टिप्पणी गर्नुहोस् !