जनकपुरधाम, असोज २८ ।
धनुषा क्षेत्र नम्बर ३(ख)को प्रदेशसभा सदस्यका उम्मेदवार असगर अलीले आफूलाई राम्रो विकल्पको रुपमा प्रस्तुत गर्दै आई रहेका छन् । यस अघिका जनप्रतिनिधिहरु जनताको भरोसा अनुरुप काम गर्न नसकेको आरोप लगाउँदै उनले आफूलाई राम्रो विकल्पको रुपमा आफूलाई मतदाता माझ खडा गरेका छन् । तत्कालिन जनकपुरधाम नगरपालिकाको उपप्रमुख भएर जनताको सेवा गर्ने अनुभव आफूसंग रहेको भन्दै आफू जनताको सेवाका लागि अझै तत्पर रहेको बताउँछन् ।
मुस्लिम समुदाय प्रतिनिधित्व गर्ने भएपनि अलिको कुशल व्यक्तित्व र सबै वर्ग समुदायसंग सहजै घुलमिल हुन सक्ने क्षमता भएका कारण उनलाई धनुषा ३(ख)को प्रदेशसभा सदस्यको उत्तम उम्मेदवारको रुपमा मतदाताहरुबिच चर्चा परिचर्चा चलिरहेको छ ।
तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) बाट प्रदेश सभाका उम्मेदवारी दिएका अलीले आफ्नो उम्मेदवारी मधेशी जनताको अधिकार र पहिचान स्थापित गराउनुका साथै समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चितताका लागि रहेको स्पष्ट गरे । विगतमा कथित मधेशी दलहरुलाई जनताले विश्वास गरेपनि ती दलहरु जनताको विश्वास तोडेको उनको आरोप छ । मधेश आन्दोलनको जगमा बनेको मधेश सरकार भ्रष्टाचार बाहेक अरु केही गर्न नसकेको बताउँदै अलीले आफू जनताको भावना अनुकुल नै काम गर्ने प्रतिवद्धता व्यक्त गरे । अधिकार र पहिचान स्थापित तथा समानुपातिक समावेशी प्रतिनिधित्वमा केही काम नगरी भ्रष्टाचारलाई प्रश्रय दिने कार्य मात्रै पछिल्लो सरकारले गरेकाले जनता विकल्प चाहि रहेको र आफू उत्तम विकल्प रहेको दावी गरे ।
अब मधेशी जनताको अधिकार र पहिचान स्थापित तराई मधेश लोकतान्त्रिक पार्टीले मात्रै सम्भव हुने भएकोले जनताको भावना अनुरुप आफूले सो पार्टीबाट धनुषा क्षेत्र ३ (ख) बाट उम्मेदवारी दिएको छु र पुरा पनि गर्नेछु ।
अलीले भने ‘आफू जितेपछि शिक्षा र स्वास्थ्यमा रहेका व्यथिति अन्त्य गर्नेछु । यसका साथै धार्मिक र सांस्कृतिक पर्यटनको विकासमा स्तरोन्नति र सुधार ल्याउने पदीय हिसाबले प्रयास गर्नेछु ।’
यसका साथै बेरोजगारी समस्या समाधान र लागू पदार्थले फैलिंदै गएको विकृति रोक्न आम जनमानसमा सचेतनाका लागि कानून निर्माण गरेर अघि बढने प्रयास गर्नेछु अलीले बताए । धनुषा ३ (ख) का तमलोपाबाट उम्मेदवार अली तात्कालिन जनकपुर नगरपालिकाका उपमेयर समेत रहिसकेका हुन । उनकै कार्यकालमा जनकपुरमा रहेको सांघुरो सडकलाई फराकिलो काम पहिलो पटक शुरुवात गरिएको थियो ।
यो विषयमा टिप्पणी गर्नुहोस् !