जनकपुरधाम, कार्तिक ३
सामाजिक कार्यमा अग्रणी भूमिका निर्वाह गर्दै आएका पूर्व कराते खेलाडी दीपेन्द्र ठाकुर अचेल मतदाताको घर घरमा पुगेर आफ्नो पक्षमा मत मागि रहेका छन् । उनले विगतमा गरेका सामाजिक कार्यका साथै विभिन्न क्षेत्रमा पुर्याएको योगदान गनाउँदै आफ्नो पक्षमा मत मागी रहेका छन् । उनी भन्छन् ‘आफू यस अघि प्रत्यक्ष राजनीतिमा नलागे पनि जनकपुरधाम लगायतका क्षेत्रमा पुर्याएको योगदानलाई यहाँका मतदाताले कदर गर्नेछन् ।’
उनी आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनमा धनुषा निर्वाचन क्षेत्र नम्वर ३ को ‘ख’ वाट नेकपा एमालेका उम्मेदवार हुन् । जनकपुरधामको रामानन्द युवाण् क्लवका अध्यक्ष रहि सकेका ठाकुर आफूलाई सामाजिक कार्यमा सक्रिय राख्दै अएका छन् ।
नेपालको ‘क’ वर्गका निर्माण व्यवसायी ठाकुर यहाँका जनताको सेवा गर्ने अभिप्रायले आफू राजनीतिमा होमिएको स्पष्ट पारे । कोरोना महामारीको पहिलो र दोस्रो लहरमा उनी फ्रन्टमै रहेर राहत वितरणका साथै विपन्न तथा गरिबलाई भोजन गराउने कार्यमा प्रत्यक्ष लागेका थिए । ठाकुरको सामाजप्रतिको लगानीले उनी लोकप्रिय पनि भई रहेका छन् । उनी राजनीतिमा आएर प्रत्यक्ष रुपमा सामाजिक दायित्वलाई निर्वाह गर्ने बताए ।सामाजमा देखिएका विकृति, विसंगति विरुद्ध लड्नकालागि राजनीति एक मात्र आधार रहेको उनी बताउँछन् । युवाहरु माझ लोकप्रिय ठाकुरले आफू सदैव सामाज सेवाको भाव राखेर काम गरे, समाजमा जति सके सेवा गरे अब राजनीति लाभ पाउनका लागि नभई सामाजिक दायित्वलाई थप प्रगााढ गर्नका लागि आफूले रोजेको बताए ।
यो विषयमा टिप्पणी गर्नुहोस् !