जनकपुरधाम, असोज ३० ।
निर्वाचनको एक महिना मात्रै बाँकी रहेको समयमा जनमत पार्टीले धनुषा निर्वाचन क्षेत्र नम्बर ३मा बृहत पार्टी प्रवेश कार्यक्रम गर्ने भएको छ ।
एकै दिन धनुषाको धनौजी गाउँपालिकास्थित बहुअर्वा बजार र मुखियापट्टी मुसहरनिया गाउँपालिकास्थित बैरिया बजारमा जनमत पार्टीले बृहत पार्टी प्रवेश कार्यक्रम गर्न लागेको हो । बहुअर्वा बजारमा बिहान ९ बजे र बैरिया बजारमा दिउँसो २ बजे कार्यक्रमको आयोजना गर्न लागिएको जनमत पार्टीको धनुषा ३(क)को प्रदेशसभा सदस्यका उम्मेदवार डा. प्रसन्नकुमार झाले जानकारी दिए ।
दूबै कार्यक्रमको प्रमुख अतिथि जनमत पार्टीका अध्यक्ष डा. सिके राउत रह्ने उनले बताए । यसका साथै कार्यक्रममा धनुषा ३को प्रतिनिधिसभाका उम्मेदवार शम्भुनाथ साह र धनुषा ३(ख)को प्रदेशसभाका उम्मेदवार रामबाबु साहको उपस्थिति रह्नेछ ।
यता धनुषा ३(क)को प्रदेशसभा सदस्यका उम्मेदवार डा. झाले धनौजी गाउँपालिकाका विभिन्न गाउँमा मतदाताहरुसंग मत माग्नका लागि घरदैलोका लागि पुगेका थिए । यसका डा. झा साथै विदेह नगरपालिकाको इटहर्वा बजारमा निर्वाचनसंग सम्बन्धित आगामी रणनीतिको विषयमा आफ्ना दलका नेता कार्यकर्ताहरुसंग छलफल समेत गरेका छन् ।
यो विषयमा टिप्पणी गर्नुहोस् !