जनकपुरधाम, असोज ३० ।
सत्ता गठबन्धनको धनुषा ३का प्रतिनिधिसभा तथा प्रदेशसभाका उम्मेदवारले संयुक्त रुपमा घरदैलो कार्यक्रम शुरु गरेका छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १स्थित रेल्वे स्टेशनबाट शुरु भएको घरदैलो कार्यक्रमम उम्मेदवारहरुले सत्ता गठबन्धनको पक्षमा मतदान गर्नका लागि मतदान गर्नका लागि आग्रह गरेका थिए ।
घरदैलो कार्यक्रममा सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका धनुषा ३को प्रतिनिधिसभाका उम्मेदवार अनिल झा र धनुषा ३(ख)को प्रदेशसभाका उम्मेदवार संग संगै घरदैलो कार्यक्रममा पुगेका थिए । घरदैलोको क्रममा उम्मेदवारहरुले आफ्नो आफ्ना दलको एजेण्डा मतदातालाई बुझाउने प्रयास गरेका थिए ।
घरदैलोमा निस्किएका प्रतिनिधिसभाका उम्मेदवार अनिल झाले आफूले रौतहट जस्तै अगाध माया धनुषामा पनि पाईरहेको बताए । धनुषा ३का जनताले देखाएको मायाले यहाँका मतदाताहरु गठबन्धनकै पक्षमा रहेको कुरा पुष्टी गरिरहेको दावी गरे । यस अघि पनि यहाँका मतदाताले आफ्नै दलका उम्मेदवारलाई विजयी गराएको स्मरण गराउँदै झाले फेरी मलाई नै यहाँका मतदाताले अवसर दिनेमा आफू विश्वस्त रहेको बताए ।
उनले आफ्नो नेताले गर्न नसकेका केही कामहरु यहाँ मलाई पूरा गर्नुपर्ने दायित्व छ, ती कामहरु पूरा गर्नकै लागि आफूले यहाँबाट उम्मेदवारी दिएको स्पष्ट पारे ।
त्यस्तै धनुषा ३(ख)को प्रदेशसभाका उम्मेदवार परमेश्वर साहले संघियतालाई संस्थागत गर्नका लागि आफूले फेरी प्रदेशसभामा उम्मेदवारी दिएको बताए । उनले प्रदेशको नामाकरण गर्यो, राजधानी बनायौँ तर संघियता अनुरुप काम अगाडी बढ्न नसकेकोमा दुखेसो पोखे । जनकपुरधामलाई राजधानीको स्वरुपमा ल्याउन र संघियता अनुरुप काम अगाडी बढाउन बाँकी कामहरु आफूहरुले पूरा गर्ने प्रतिवद्धता व्यक्त गरे । हाम्रो गठबन्धनको सरकार बनयो भने यहाँका जनताका समस्या समाधान गर्नुका साथै विकास निर्माणका कामहरुलाई समेत गति प्रदान गर्ने स्पष्ट पारे ।
यो विषयमा टिप्पणी गर्नुहोस् !