जनकपुरधाम, असार २ गते ।
उच्च अदालत जनकपुरले गत एक सप्ताहदेखि आमरण अनसन बसिरहेकी महोत्तरीको जलेश्वर निवासी निहारिका सिंह राजपुत (सोनाली सिंह) को मुद्दामा आरोपितलाई झिकाउन आदेश दिएको छ ।
निहारिकाले जिल्ला अदालत धनुषाको फैसलाविरुद्ध उच्च अदालत जनकपुरमा ०७६ असोज २६ गते जबरजस्ती करणी मुद्दा दर्ता गराएकी थिइन् ।
सोही मुद्दामा उच्च अदालत जनकपुरधामका न्यायाधीशद्वय गुणराज ढुंगेल र रामेश्वर रेग्मीको संयुक्त इजलासले क्षिरेश्वरनाथ नगरपालिका ३ महेन्द्रनगरका आरोपित शिवराज श्रेष्ठलाई झिकाउने आदेश दिईएको अदालतका श्रेस्तेदार खड्गराज अधिकारीले जानकारी दिए ।
अदालतले आरोपित शिवराज श्रेष्ठलाई १५ दिनभित्र अदालतमा हाजिर हुन पत्र पनि पठाइसकेको छ । पत्रको २१ दिन समय सीमा हुनेछ ।
यो विषयमा टिप्पणी गर्नुहोस् !