वैशाख , ३० गते ।
स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले मतदान गरेका छन् । धनुषाको नगराइन नगरपालिकास्थित वडा २ को राजेश्वर निधि मावी मतदान स्थलबाट पूर्व उपसभापति निधिले मतदान गरेका हुन् ।
यसैबीच शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमाया यादवले मतदान गरेकी छिन् ।
धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नं. १० स्थित कमला हर्दिनाथ सिचाइ आयोजनाको भवन डुमरिया मतदान केन्द्रबाट मन्त्री यादवले मतदान गरेकी हुन् । त्यसैगरी तराई मधेश लोकतांत्रिक पार्टीका अध्यक्ष वृशेष चन्द्र लालले समेत मतदान गरेका छन् ।
अध्यक्ष लालले जनकपुरधाम उपमहानगरपालिका वडा नं.२ स्थित उपमहानगरपालिकाको परिसर भित्र रहेको मतदान स्थलमा पुगी मतदान गरेका हुन् ।
यो विषयमा टिप्पणी गर्नुहोस् !