वैशाख, ३० गते ।
स्थानीय तह निर्वाचन अन्तर्गत धनुषा सहित देशभरि मतदान कार्य सुरु भएको छ । धनुषामा मतदान गर्न मतदाताहरु उत्साहित देखिएका छन् ।
पूर्व राष्ट्र्पति डा. रामवरण यादवले लक्ष्मिनिया गाउँपालिका स्थित बिपि कोइराला मावी स्कुल सपहीस्थित मतदान स्थलबाट मतदान गरेका छन् ।
यसैगरी नेकपा एमालेका सचिव रघुवीर महासेठ र एमाले नेत्री एवं पूर्व मन्त्री जुलीकुमारी महतोले जनकपुरधाम उपमहानगर वडा ९ स्थित सुहिर्द पुस्तकालय मतदान स्थलबाट मतदान गरेका छन ।
सोही मतदान स्थलमा नगरप्रमुखको स्वतन्त्र उम्मेदवार बलराम महतोले समेत मतदान गरेका हुन।
मतदान कार्य अन्तर्गत जनकपुरधाम उपमहानगरपालिकाका मेयर पदका उम्मेदवार मनोज साहले समेत मतदान गरेका छन् ।
यसैगरी नेकपा मावोवादी केन्द्रका नेता एवं पूर्व मन्त्री मातृका प्रसाद यादवले समेत मतदान गरेका छन् ।
यो विषयमा टिप्पणी गर्नुहोस् !