जनकपुरधाम, वैशाख २६ ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले नागरिकता विहिन बनाउने शिर्ष नेताहरु नागरिकता सम्बन्धी दिएको अभिव्यक्ति हास्यास्पद रहेको बताएका छन् ।
जनकपुरधाममा लोसपाद्वारा जनकपुरधाममा आयोजित चुनावीसभामा बोल्दै अध्यक्ष ठाकुरले नागरिकता विहिन बनाउने दलहरु र ती दलका शिर्ष नेताहरु नागरिकता सम्बन्धी समस्या समाधान गर्छु भन्नु मजाक जस्तो मात्रै रहेको बताए ।
‘आफुहरु नगदमा नागरिकताको समस्या समाधान गर्न भन्दा सम्झौता गर्नकालागि मात्रै उनीहरुले दवाब दिएका थिए ।’ नेता ठाकुरले भने, ‘अस्ति नेताहरु यहाँ आएर अब संसद सुरु भएपछि नागरिकताको समस्या समाधान हुने बताएको सुने, हामीले उनीहरुलाई नै भनेको थिएँ । लिखित रुपमा सम्झौता गर्न भनेका थिए तर हामीले भन्यौँ, हैन् तपाईहरु अहिले सरकारमा हुनुहुन्छ । नगदमै समस्या समाधान गर्नुस् । आज तपाई सरकारमा हुनुहुन्छ लिखितमा सम्झौता गर्नुहुन्छ भोली सत्ता परिवर्तन हुन् सक्छ । यहाँ अस्थिर राजनीति हो तर अहँ मान्नु भएन ।’
उनले नागरिकताको अभावमा डाक्टर, इन्जिनियर गरेकाहरुपनि बेरोजगार अवस्थामा रहेकोमा दुःख व्यक्त गरे ।
अध्यक्ष ठाकुरले संघ सरकार, प्रदेश सरकार र स्थानीय सरकार भएपनि सबै अधिकार संघमै रहेको भन्दै स्थानीय तहमा आएका कर्मचारीहरुलाई बिदा लिनका लागि समेत स्थानीय सरकारको आदेश लिनु नपर्ने अवस्था रहेको बताए ।
अध्यक्ष ठाकुरले अहिलेपनि आफुहरु संघर्षमै रहेको भन्दै भने, ‘यिनीहरु धेरै कुरा गर्छन तर केही गर्दैनन् । तिनीहरुले गोली चलाउँदा हजारौ जना मारिए । हामी शान्तिपूर्ण आन्दोलन गर्यौ । तर तिनीहरु प्रधानमन्त्री बने र हाम्रै मान्छे अहिलेपनि थुनामा छन् । मुद्दा खेपिरहेका छन् । यो विभेदपूर्ण नीति हो ।’
चुनावी सभामा लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले जनतासमक्ष एक्लै जाने हिम्मत नभएपछि पाँच दलीय गठबन्धन बनेको आरोप लगाएका छन् । महतोले कांग्रेस, माओवादी लगायतका दललाई जनतासमक्ष एक्लै जाने हिम्मत नभएपछि अपवित्र गठबन्धन गरेको बताए ।
यो विषयमा टिप्पणी गर्नुहोस् !