जनकपुरधाम, बैशाख १९ गते ।
जनकपुरधाम उपमहानगरपालिकाको निर्वाचन अधिकृतको कार्यालय अगाडि धर्नामा बसेका नगर प्रमुख पदका स्वतन्त्र उम्मेदवार मनोज साहले धर्ना स्थगित गरेका छन् ।
मुख्य निर्वाचन अधिकृतसँग लिखित सम्झौता भएपछि साह धर्ना कार्यक्रम स्थगित गर्दै घरदैलो कार्यक्रममा फर्केका हुन् । नमूना मतपत्रमा आफुले पाएको चुनाव चिन्ह नरहेको भन्दै नेपाली कांग्रेसबाट बागी बनी मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका साहले लिखित सम्झौतापछि धर्ना अन्त्य गरेका हुन् ।
साहले निर्वाचन आयोगको अधिकारीक वेबसाईटमा अपलोड भएको नमूना मतपत्रमा आफुले पाएको चुनाव चिन्ह नरहेको भन्दै धर्नामा बसेका थिए । तर मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलसँग लिखित सम्झौता भएपछि उनी धर्ना अन्त्य गरेर घरदैलो कार्यक्रममा फर्केका हुन् ।
आयोगका तर्फबाट मुख्य निर्वाचन अधिकृत प्याकुरेलले साँझसम्म आयोगको वेबसाइटमा चुनावचिन्ह सहितको अर्को नमूना मतपत्र अपलोड हुने लिखित प्रतिबद्धता जनाएपछि धर्ना स्थगन भएको हो । साहले नमूना मतपत्रमा आफुले पाएको चुनाव चिन्ह नरहेकाले मतदातासँग मत माग्नमा समस्या भएको भन्दै धर्नामा बसेका थिए ।
यो विषयमा टिप्पणी गर्नुहोस् !