जनकपुरधाम, बैशाख १८ ।
जनकपुरधाम विमान स्थलमा नेपाली सेना परिचालित भएका छन् । आउँदो वैशाख ३० गते हुन गईरहेको स्थानीय तहको चुनावलाई दृष्टिगत गर्दै विमान स्थलको सुरक्षा जिम्मा नेपाली सेनाले लिएको हो । यसअघि विमान स्थलको सुरक्षा नेपाल प्रहरीले गर्दै आएको थियो ।
आइतबार देखि विमानस्थलको जिम्मा नेपाली सेनाले लिएको हो । विमानस्थलमा खटिरहेका सुरक्षाकर्मीहरु स्थानीय तहको चुनावमा खटेकाले सुरक्षाको जिम्मा नेपाली सेनालाई दिइएको जनकपुर विमान स्थलका प्रमुख योगेन्द्र कुँवरले बताए ।
निर्वाचनको सुरक्षामा खटीएका सुरक्षाकर्मी नफर्कुन्जेल विमानस्थलको सुरक्षाको जिम्मा नेपाली सेनाकै रहने प्रमुख कुँवरले बताए । अहिले नेपाली सेनाको मेजरको नेतृत्वमा ४८ जना नेपाली सेना विमान स्थलको सुरक्षामा खटीएका छन् ।
एक्सरे मेसिन तथा विमान स्थलमा बडी सर्चका लागि महिलाका लागि महिला प्रहरी र पुरषका लागि पुरुष प्रहरी खटेका छन् । भिआइपीहरुको लिस्टीङका लागि एकजना नेपाल प्रहरी खटेको बाँकी नेपाली सेना रहेको विमान स्थल प्रमुख कुँवरले बताए ।
यो विषयमा टिप्पणी गर्नुहोस् !