काठमाडौँ, असार १० । आईसिसी विश्वकप लिग–२ अन्तर्गत स्पेनमा हुने भनिएको नामिबिया, स्कटल्यान्ड र नेपाल बिचको त्रिकोणात्मक एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखला स्थगित भएको छ ।
नामिबियामा कोरोना संक्रमण बढेको र यात्रामा कडाई गरेकाले शृखला स्थगित भएको आईसिसीले जनाएको छ । अब यो शृंखला सन् २०२२ को जुलाईमा हुने छ ।
आगामी एकदिवशीय विश्वकपको छनोट प्रतियोगिताका रुपमा रहेको विश्वकप लिग–२ मा नेपालले ९ वटा त्रिकोणात्मक शृंखला खेल्नु परे पनि हालसम्म एउटा मात्र खेलेको छ ।
नेपालका खेलहरु महामारीले प्रभावित भएका छन् ।
यो विषयमा टिप्पणी गर्नुहोस् !