द सौर्य मिथिला समाचारदाता
जनकपुरधाम, असार ८ ।
नेपालमा थप ४५२२ जनामा कोरोना देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्यामा संक्रमित देखिएको हो।
पछिल्लो २४ घण्टामा १२२०४ जनामा पिसिआर परीक्षण गरिएकोमा ३७०३ पोजेटिभ देखिएको थियो भने ४७०९ को एन्टिजेन परीक्षण गरिएकोमा ८१९ मा पोजेटिभ देखिएको थियो।
पछिल्लो २४ घण्टामा कूल १६ हजार ९ सय १३ नमूना परीक्षण गरिएको थियो।
देशभर पछिल्लो २४ घण्टामा ४ हजार ९५४ जना कोरोना निको भएका छन्।
यो विषयमा टिप्पणी गर्नुहोस् !