द सौर्य मिथिला समाचारदाता
जनकपुरधाम, असार ७ ।
नेपालमा थप २२९७ जनामा कोरोना देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्यामा संक्रमित देखिएको हो।
पछिल्लो २४ घण्टामा ६५८३ जनामा पिसिआर परीक्षण गरिएकोमा १५८४ पोजेटिभ देखिएको थियो भने ४३२१ को एन्टिजेन परीक्षण गरिएकोमा ७१३ मा पोजेटिभ देखिएको थियो।
यससँगै पछिल्लो २४ घण्टामा कूल १० हजार ९ सय ४ जनाको पिसिआर गरिएको थियो।
यससँगै देशभर पछिल्लो २४ घण्टामा ३ हजार १३० जना कोरोनामुक्त भएका छन्।
त्यस्तै,कोरोनाबाट ४६ जनाको मृत्यु पुष्टि भएको छ।
यो विषयमा टिप्पणी गर्नुहोस् !