द सौर्य मिथिला समाचारदाता
काठमाण्डौ, जेठ १५ ।
इराकविरुद्ध अहिले जारी फुटबल खेलको पहिलो हाफमा नेपाल ४-२ ले पछाडि परेको छ।
इराकको बसरामा जारी अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको सातौं मिनेटमा घरेलु टोलीले अग्रता लिएको थियो।
इराकका लागि कप्तान अला अब्दुल जहर खासिनले फ्रिकिकमा उत्कृष्ट गोल गरे।
उनले झन्डै २५ यार्ड टाढाबाट गरेको प्रहार गोलमा परिणत भएको थियो।
तर त्यसको एक मिनेट नबित्दै अहमद इब्राहिम खलाफको आत्मघाती गोलमा नेपाल बराबरी गर्न सफल रह्यो।
आठौं मिनेटमा अन्जन विष्टको प्रहार क्लियर गर्ने क्रममा खलाफको प्रहार आफ्नो पोस्टमा छिरेको थियो।
नेपालले खेलको ३० औं मिनेटमा मनिष डाँगीको गोलमा घरेलु टोलीमाथि अग्रता लियो।
उनले सन्तोष तामाङको पासलाई अफसाइड ट्रयाप बिट गर्दै गोल गरेका थिए।
गोलरक्षक अघि बढेको अवस्थामा उनले पेनाल्टी क्षेत्र बाहिरबाट सानदार गोल गर्दै नेपालमा अग्रता दिलाए।
खेलpखेलको ४० औं मिनेटमा इराकले बराबरी गोल फर्कायो।
कर्नरमा आएको बललाई मोहमद अब्दुल्जारा ओबेदले हेडरमार्फत बराबरी गोल गरे।
त्यसको एक मिनेट नबित्दै इराकले तेस्रो गोल गर्दै नेपालमाथि अग्रता लियो।
डिफेन्समा समन्वय नहुँदा अयमन हुसेन गबधनले पेनाल्टी क्षेत्रभित्र बल पाएर गोलरक्षक किरणलाई छलाउँदै इराकलाई अग्रता दिलाए।
यो विषयमा टिप्पणी गर्नुहोस् !