द सौर्य मिथिला समाचारदाता
काठमाडौँ, बैशाख ६ ।
देशको प्रमुख शहरका शैक्षिक संस्था बन्द गर्ने सरकारले निर्णय गरेको छ ।
सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
कोरोना भाइरसको संक्रमण पुनः बढन थालेपछि सरकारले यस्तो निर्णय गरेको हो ।
कोरोना भाइरस महामारीको दोस्रो लहर सुरु भएसँगै संक्रमण नियन्त्रणको प्रयासका लागि विद्यालय बन्द गर्ने विषयमा स्वास्थ्य र शिक्षा मन्त्रालयबिच विवाद रहेका बेला सरकारले प्रमुख शहरका शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको हो ।
सीसीएमसीको सिफारिस अनुसार शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।
संक्रमण नियन्त्रणका लागि जोखिमयुक्त प्रमुख शहरका विद्यालय बन्द गरि पठनपाठन भर्च्युअल रुपमा गर्ने व्यवस्था मिलाउन सरकारले आदेश दिएको छ।
यो विषयमा टिप्पणी गर्नुहोस् !