द सौर्य मिथिला समाचारदाता
जनकपुरधाम, भाद्र २६ ।
विराटनगरमा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
विराटनगर १९ की ४४ वर्षीय महिलाको उपचारको क्रममा गएराति मृत्यु भएको कोभिड अस्पतालका प्रमुख डा. दिपक सिग्देलले जानकारी दिए ।
ती महिलालाई ५ दिनदेखि ज्वरो र स्वासप्रश्वासमा समस्या भएपछि बिहिबार दिउँसो आएपछि कोशी अस्पतालको आइसोलेशनमा भर्ना गरिएको सोही दिन गरिएको पीसरीआर परीक्षणमा संक्रमण देखिएपछि थप उपचारको लागि कोभिड अस्पताल पठाएको कोशी अस्पतालका प्रमुख डा. दिपक सिग्देलले जानकारी दिए ।
प्रदेश १ मा कोरोनाबाट थप ५ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ ।
यो विषयमा टिप्पणी गर्नुहोस् !